Logo

कास्कीमा पहिरो जाँदा ३ जनाको मृत्यु



Spread the love

पोखरा । कास्कीमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको माछापुछ्रे गाउँपालिका वडा नम्बर ८ खोराको मुखमा गए राती पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका हुन् ।

प्रेमराज विकको घरमा पहिरो खस्दा उनका १६ वर्षीय नाती कुशल विक, १६ वर्षकी नातिनी रोजिना विक र १४ वर्षीय नाती समिर विककको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

अर्को कोठामा सुतेका प्रेमराजको दम्पती भने सकुशल नै छन् ।

प्रतिक्रिया दिनुहोस्