Logo

भारतबाट आएर पर्वतको क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु



Spread the love


३ साउन, पर्वत। गत असार १६ गते भारतबाट आएर पैयुँ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषको ज्यान गएको छ।

पैयुँ गाउँपालिका–६ मा घर भएका ती पुरुष शुक्रवार अचानक ढलेपछि उनलाई तत्काल गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो।

चिकित्सकले शुक्रबार राति नै उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए।

पहिलो पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भए पनि उनमा कोरोना भए नभएको थाहा पाउन स्वाब सङ्कलन गरेर पुन: परीक्षण गर्न लागिएको छ।

प्रतिक्रिया दिनुहोस्