Logo

गुल्मीमा कोरोनालाई जितेर तीन सय ३७ जना घर फर्किए, अब १३ सङ्क्रमित बाँकी



Spread the love


४ साउन, गुल्मी । गुल्मीमा तीन सय ३७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा कोरोना सङ्क्रमण फैलिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले दिएको जानकारी अनुसार यो समाचार तयार पार्दासम्म जिल्लाभर तीन सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र तीन सय ३७ जना घर फर्किएका छन् । साथै, अहिले विभिन्न स्थानीय तहका आइसोलेसनमा १२ जना र एक जना जिल्ला बाहिरको आइसोलेसनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले सल्लेरी खबरलाई बताए ।

अहिले जिल्लाको रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा तीन, छत्रकोट गाउँपालिकामा पाँच , कालीगण्डकी गाउँपालिकामा एक , गुल्मी दरबार गाउँपालिकामा दुई , गुल्मी अस्पतालमा एक र जिल्ला बाहिरका आइसोलेसनमा एक जना गरी कुल १३ जना आइसोलेसनमा रहेका छन् । साथै, एक सय ८३ जनाको पिसिआर रिपोर्टको नतिजा आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्