Logo

गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि



Spread the love

५ साउन, काठमाडौं । गण्डकी प्रदेशमा थप १२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय १७ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमित हुनेमा तनहुँका दुई, स्याङ्जा र लमजुङ एक–एक तथा कास्कीका आठ रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्