Logo

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए



Spread the love

६ साउन, काठमाडौं । गण्डकी प्रदेशमा आज थप १६ जना कोरोना भाइरसका संक्रमित थपिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज बिहानै मात्रै गण्डकीमा ९ जना संक्रमित थपिएका थिए । योसँगै गण्डकीमा जम्मा संक्रमित संख्या १३४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्