Logo

साउन महिनामा किन मासु र रक्सी खानुहुँदैन ?



Spread the love

साउन महिनामा भगवान शिवको व्रत बस्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ। आस्था र विस्वासको महिना साउनमा मासु र रक्सीको सेवन गर्ने मनाही छ।

यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न । त्यसैपनि साउन जस्तो पवित्र महिनामा त यिनीहरूको सेवन वर्जित नै छ ।

जीवहत्या गर्नु यसै पनि पाप हो र पवित्र साउन महिनामा यो पाप बोक्नु अनुचित छ । यो महिना पशुहरूको प्रजननको समय हो र गर्भावस्थामा रहेको पशुको हत्या गरेर निकालिएको मासु खाएर पापको भागिदार हुनु हुँदैन ।

रक्सी त जुनसुकै बेलामा पनि पिएको नराम्रै हो । मासुको कुरा गर्दा साउनमा बादल लागेर हाम्रो शरीरले सूर्यको प्रकाश राम्ररी पाउँदैन ।

यसले गर्दा हाम्रो पाचनशक्ति कमजोर हुन्छ र मासु जस्तो छिट्टै नपच्ने कुरा लिँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छन् ।

प्रतिक्रिया दिनुहोस्