Logo

‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक



Spread the love

फिल्म ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा कलाकार वृद्धि तामाङ नायिका वर्षा राउतको प्रेममा चुर्लुम्म डुबेका छन् भने नायक दयाहाङ राई नायिका दीया पुनका लागि अरुसँग लडाइँ गरिरहेका छन् । फिल्म ‘मिस्टर झोले’  सिनेमा आर्ट  र टेकेन खड्का प्रोडक्सनको संयुक्त लगानीमा निर्माण भएको हो।रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी .कार्कीले खिचेका हुन्।

‘मिस्टर झोले’मा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतको अभिनय रहेको छ।फिल्मको रिलिज मिति पुष २८ गतेलाई तोकिएको छ ।फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

हेर्नुहोस् ट्रेलर :

https://youtu.be/FR31qha1las

प्रतिक्रिया दिनुहोस्