Logo

गाउँको चोटमा प्रवासीको मल्हम



Spread the love

९ साउन, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका पहिरो पीडितलाई दक्षिण कोरियाबाट आर्थिक सहायता रकम उपलब्ध भएको छ । इस्मा गाउँपालिका वडा नम्बर एक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहेका युवाहरूको सक्रियतामा तीन लाख पाँच हजार रकम प्राप्त भएको वडा अध्यक्ष चुरा बहादुर खत्रीले जानकारी दिए ।

बिहीबार नेपाल रेडक्रस सोसाइटी जिल्ला उप शाखा हस्तिचौरले पीडित परिवारलाई विभिन्न वर्गमा विभाजन गरी आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो ।

समूह ‘क’ मृतकका परिवार परेका छन्। उनीहरूले १५/१५ हजार पाएका छन् भने मुसिकोट नगरपालिकाबाट मृतकका परिवारले ५ हजार पाएका छन् ।

त्यस्तै, समूह ‘ख’ मा पर्ने पाँच जनाले दस हजारका दरले ५० हजार रकम पाएका छन् ।

समूह ‘ग’ मा रहेका ४२ जनाले तीन हजार पाँचका दरले एक लाख ४७ हजार पाएका छन् ।

त्यस्तै, समूह ‘घ’ का २९ जनाले दुई हजारका दरले पाँच हजार आठ सय रकम पाएका छन् ।

त्यस्तै, तीन जना वृद्वालाई पाँच सयका दरले एक हजार पाँच सय प्रदान गरिएको रेडक्रस उप शाखा हस्तिचौरका सभापति शेर बहादुर कुवरले सल्लेरी खबरलाई जानकारी दिए ।

गाउँको दुखमा साथ दिएको बताउँदै सहयोग गर्ने सम्पूर्णलाई वडा सरकार तथा रेडक्रस उप शाखाले धन्यवाद दिएको छ । यता, आर्थिक सहायता रकम पाउँदा स्थानीय समेत खुसी भएका छन् ।

दिपेश केसी, वसन्त कुवर र विकल्प महतको टोलिले दक्षिण कोरियामा आर्थिक अभियान चलाई रकम जुटाएका हुन् । गत असार १८ गते पहिरोमा पुरिएर त्यस वडाका दुई बालबालिकाले ज्यान गुमाएका छन् भने पाँच जना घाइते भएका छन् । त्यस्तै, एक सय ९१ घर परिवार विस्थापित बनेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्