Logo

नेयमारको निर्णायक गोलमा फ्रेन्च कपको उपाधि पिएसजीलाई



Spread the love

एजेन्सी । पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च कपको उपाधि हात पारेको छ । गएराति भएको खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १-० ले हराउँदै पिएसजीले फ्रेन्च कपको उपाधि हात पारेको हो । पिएसजीले १३ औं‌ पटक कपको उपाधि जितेको हो ।

खेलको १४ औं मिनेटमा नेयमारले गरेको गोल नै पिएसजीलाई उपाधिको लागि निर्णायक बन्यो । ३१ औं मिनेटमा रातो कार्ड खाएर पेरिन मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा समेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्