Logo

कोरोनामुक्त भएर आज १०६ जना डिस्चार्ज भए, थप एकको मृत्युु



Spread the love

१० साउन, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १०६ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १३०५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा थप १०९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या १८४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्