Logo

सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लियो इन्टर मिलान



Spread the love

एजेन्सी। इन्टर मिलानले गएराति जेनोवालाई ३-० ले पराजित गर्दै इटालियन सिरी ‘ए’ जित्ने झिनो आशा कायम राखेको छ। लुकाकुले ३४औं मिनेटमा गरेको गोलबाट इन्टरले सुरुवातीअग्रता बनायो । ८३औं मिनेटमा सान्चेजले अग्रता दोब्बर बनाए। अन्तिम मिनेटमा लुकाकुले अर्को गोल थपेपछि इन्टरले महत्वपुर्ण तीन अंक पक्का गर्‍यो।

इन्टरको जितमा लुकाकुले दुई तथा सान्चेजले एक गोल गरे। जितसँगै इन्टरले शीर्ष क्लब युभेन्टससँगको दूरी चार अंकमा छोट्याएको छ।

प्रतिक्रिया दिनुहोस्