Logo

हरर फिल्म ‘१९२१’ को ट्रेलर सार्वजनिक



Spread the love
हरर फिल्म ‘१९२१’ को ट्रेलर सार्वजनिक भएको छ ।फिल्मको कथा आयुष नामको एक युवकको वरिपरि घुम्छ, जो इन्डियाबाट इंग्ल्यान्डमा म्यूजिक सिक्नका लागि जान्छन् । फिल्ममा जरीना खान र करण कुन्द्राको मुख्य भूमिका रहेको छ ।फिल्मको हरर सीन्सको कुरा गर्ने हो भने यसमा हलिउड हरर फिल्म जस्तो सीन्स देख्न सकिन्छ । फिल्मको ब्याकग्राउन्ड म्यूजिक र पियानो ट्रयाक निकै राम्रो छ । फिल्म ‘१९२१’ मा ‘१९२०’ को जस्तो प्रमुख जोडी बीच रोमान्टिक तथा भावनात्मक कथा देख्न पाइनेछ । फिल्मको लोकेशन लोभलाग्दो छ । विशेषतः विक्रम भट्ट बलिउडमा हरर फिल्म बनाउने निर्देशकको रुपमा चर्चित छन् । उनले ‘राज’, ‘हन्टेड’ र ‘१९२०’ जस्ता हरर फिल्म निर्देशन गरिसकेका छन् । ‘१९२१’ जीवन र मृत्युको बीचको संघर्षमा आधारित छ । विक्रम भट्टद्वारा निर्देशित फिल्म १२ जनवरी, २०१८ मा प्रदर्शन हुँदैछ ।
 हेर्नुहोस् ट्रेलर :

https://youtu.be/kXKw2skbLdk

प्रतिक्रिया दिनुहोस्