Logo

यी गुण भएका व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैनन् !



Spread the love

सबै व्यक्ति सफल हुन चाहन्छन् । तर, हामीमध्ये धेरै व्यक्ति यो सोच्दैनन् कि असफलताको कारण आफूमै हुन्छ । सफलता प्राप्तीका लागि व्यक्तिमा केही विशेष गुण हुनु पनि आवश्यक हुन्छ । यस्ता गुण भएका व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैनन्:
आत्मविश्वास
जब तपाईले आफैंमाथि विश्वास गर्नुहुन्छ तब अरूले तपाइँलाई विश्वास गर्छन् । जो व्यक्ति आत्मविश्वासका साथ जिउँछन्, उनीहरुले जस्तोसुकै परिस्थितीकाे सामना गर्न सक्छन् ।
मेहनती
आचार्य चाणक्य पनि भन्छन् , सफलता प्राप्तिका लागि मेहनतको विकल्प हुँदैन । र, मेहनत गर्ने व्यक्ति पक्कै सफल हुन्छन् । र मेहनत नगरी प्राप्त गरेको कुनै पनि उपलब्धी दिगो हुँदैन ।
खुलापन
खुलापनको अर्थ हो कि व्यक्तिले सधैं आफ्नो कान, आँखा र दिमाग सधैं खुला राख्नु हो । जो व्यक्ति आफ्नो आसपास भइरहेका घटनाप्रति सचेत रहन्छ, त्यो व्यक्ति कहिल्यै असफल हुँदैन ।
ज्ञान
राम्रो–नराम्रो कुरालाई पहिचान गर्न सक्ने, जीवनप्रति सकरात्मक सोच राख्ने व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैन ।
धन सञ्चित
जस्तोसुकै व्यक्तिको पनि नराम्रो समय आउन सक्छ । यसकारण नराम्रो समयको सामना गर्न सबै व्यक्तिले धन सञ्चित गरेर राख्नुपर्ने आचार्य चाणक्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्