Logo

आजबाट पाँच दिनसम्म पुनः मनसुन सक्रिय



Spread the love

१२ साउन, काठमाडौं। आजदेखि पाँच दिनसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज रातिदेखि मनसुन सक्रिय भई मंगलबार र बुधबार बाढी, पहिरो र डुबानको जोखिम भएकाले सकेसम्म यात्रा नगर्न, गर्नैपरे उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

वर्षा गराउने मनसुन न्यून चापीय रेखा तराई मधेसनजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्