Logo

आज नेपालमा संक्रमण भन्दा डिस्चार्ज हुनेको संख्या ४ गुणाले बढ्यो



Spread the love

१२ साउन, काठमाडौँ। पछिल्लो २४ घन्टामा कोरोनालाई जितेर ६२६ जना घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसंगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ७ सय ५४ पुगेको छ। कोरोना मुक्त हुनेको दर ७३.५ % रहेको छ।

नेपालमा आज १३९ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १८७५२ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्