Logo

‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक



Spread the love

निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच एक्सन र रोमान्सयूक्त फिल्मको ट्रेलर निर्माण पक्षले सार्वजनिक गर्‍यो । ट्रेलरमा साराका लागि निखिलले गरेको संघर्ष देखाइएको छ । ट्रेलरमा निखिल पुलमाथी हिडेको र कयौ तला माथीबाट खसेको सिन पनि देखाईएको छ । यो फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।

चलचित्रको यसअघि सार्वजनिक ‘कु कु कु’ र ‘तिमी नी आधा’बोलका गीतहरु चर्चित छन् ।सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ । चलचित्रलाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । फिल्म माघ ४ मा प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् ट्रेलर :

https://youtu.be/XumvNdFBy38

यो पनि हेर्नुहोस्:

 ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज

प्रतिक्रिया दिनुहोस्