
एजेन्सी। फ्रेन्च तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा फरवार्ड केलियन एमबाप्पे चोटका कारण तीन साता मैदान बाहिर रहने भएका छन् । क्लबले जारि गरेको विज्ञप्ति अनुसार एमबाप्पेको दायाँ खुट्टाको एंकलको एक्स्टर्नल लेटरल कम्पार्टमेन्टमा गम्भीर चोट लागेको छ । चोट पुर्ण रुपमा निको हुन कम्तीमा पनि तीन साता लाग्नेछ ।
सेन्ट एटिएनका कप्तान लोइस पेरिनले एमबाप्पेमाथि निकै गम्भीर फल गरेका थिए । उनले फ्रेन्च लिग कपको फाइनलका साथै अगस्ट १२ मा लिस्बनमा हुने एट्लान्टासँगको च्याम्पियन्स लिग क्वाटरफाइनलको खेल गुमाउने भएका हुन् ।
एमबाप्पेले यस सिजन ३४ खेल ३० गोल गरेका छन्
प्रतिक्रिया दिनुहोस्