Logo

कोरोनाविरुद्धको लडाईंमा डब्ल्यूएचओले गर्‍यो चीन र जर्मनीको तारिफ



Spread the love

एजेन्सी। कोरोनाविरुद्धको लडाईंमा विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ) ले चीन, जर्मनी र दक्षिण कोरियाको तारिफ गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहानोम गेब्रेयासका अनुसार डब्ल्यूएचओले अहिलेसम्मको सबैभन्दा खराब विश्वव्यापी स्वास्थ्य संकटको सामना गरिरहेको कुनै आशंका छैन।

महामारीमाथि रोकथाम गर्न सफल क्यानडा, चीन, जर्मनी र दक्षिण कोरियाजस्ता देशको तारिफ गर्दै डब्ल्यूएचओका महानिर्देशकले भने, ‘जहाँ यी सुरक्षाका उपायको पालना गरिएको छ, त्यहाँ कोरोना संक्रमितको संख्या कम छन् । जहाँ यसको पालना गरिएको छैन, त्यहाँ संक्रमितको संख्या दिनानूदिन बढिरहेको छ ।’

विश्वभर एक करोड ६० लाखभन्दा बढी मानिसहरु काेराेना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्