Logo

मलेसियाका पूर्व प्रधानमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर



Spread the love

एजेन्सी। मलेसियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाक लाखौँ डलर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । भ्रष्टाचार सम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा दोषी भएको ठहर गरेको हो ।

उच्च अदातलका न्यायाधीश मोहमद नज्लान मोहमद गजलीले सबै प्रमाणका आधारमा अभियोजन पुष्टि भएको घोषणा गरेका हुन् । फैसलामा सरकारी कोषबाट तात्कालीन प्रधानमन्त्रीका निजी खाताहरूमा झन्डै एक करोड अमेरिकी डलर सारेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्