Logo

कालीकोटमा पहिरोले पुरिएका एक जनाको शव भेटियो, ८ जना अझै बेपत्ता



Spread the love

फाइल तस्बिर

१३ साउन, कालिकाेट। भारी वर्षाका कारण कालीकोटमा पहिरो जाँदा १ जनाले ज्यान गुमाएकाे छ भने ८ जना बेपत्ता भएका छन्।

गएरराति रास्कोट नगरपालिका–१ बडुवालतोलामा रहेको जय बहादुर शाहीको घर पहिरोमा पुरिँदा उनीसहित ५ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये जयबहादुर शाहीको शव भेटिएको रास्कोट नगरपालिकाका मेयर काँशिचन्द्र बरालले बताए।

त्यस्तै, सोही वडाको चोक्टेबगरमा पनि टेके टमट्टाको घर पहिरोले बगाउँदा तीन जना बेपत्ता भएका छन्। टमट्टासहित तीन जना बेपत्ता भएका हुन्।

प्रतिक्रिया दिनुहोस्