Logo

‘सिरी ए’ – एटलान्टाको पुनरागमन जित, नापोलीमाथि इन्टर मिलान विजयी



Spread the love

एजेन्सी। इटालियन ‘सिरी ए’ मा इन्टर मिलान नापोलीमाथि विजयी भएको छ । गएराति भएको खेलमा इन्टर मिलानले नापोलीलाई २-० गोल अन्तरले पराजीत गरेकाे हाे ।

११ औं मिनेटमा डेनिलोको गोलमार्फत इन्टर मिलानले सुरुवाती अग्रता बनायाे । इन्टरले दोस्रो हाफकाे ७४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि थप गोल नहुदाँ इन्टर मिलान विजयी भयो।

उपाधि जितिसकेको युभेन्टस ८३ अङ्कका साथ शीर्ष स्थानमा रहँदा चार अङ्कले पछि परेको इन्टर मिलान ७९ अङ्कसहित दोस्रो स्थानमा छ ।

त्यस्तै, सिरी ए काे अर्काे खेलमा तेस्रो स्थानको एटलान्टाले पार्मामाथि २–१ गोल अन्तरकाे पुनरागमन जित निकालेकाे हो ।

पार्माको घरेलु मैदानमा भएको खेलमा एटलान्टालाई जित दिलाउन रुस्लान मालिनभोस्की र डारियो गोमेजले एक–एक गोल गरे । पार्माका लागि डेजानले एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्