Logo

सन्दीप लामिछाने चार्टर विमानबाट वेस्ट इन्डिज जाने



Spread the love

१४ साउन, काठमाडौँ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेका लागि वेस्ट इन्डिज जाने पक्का भएकाे छ । हवाई उडानका कारण सन्दीपले प्रतियोगिता गुमाउने सम्भावना भएपछि चार्टर्ड फ्लाइटमार्फत वेस्ट इन्डिज प्रस्थान गर्न लागेका हुन् ।

सन्दीपको नेपाल स्थिति व्यवस्थापक रमन सिवाकोटीका अनुसार उनि जुलाई ३० मा त्यसतर्फ जाने छन् र यसका लागि चार्टर गरिएको कोरियाली विमान प्रयोग गर्नेछ । सन्दीप आइतबार मात्र वेस्ट इन्डिज पुग्नेछन् । 

सन्दीप आबद्ध जमैकाको पहिलो खेल अगस्ट १९ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्