Logo

पर्सामा थपिए ३४ जना काेराेना सङ्क्रमित



Spread the love

१४ साउन, वीरगञ्ज। पर्सा जिल्लामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । पर्सा जिल्लामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जना नयाँ कोरोना सङ्क्रमित थपिएकाे हाे।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएकाे छ ।

सङ्क्रमितहरूमा नेपाली सेनाका एक जना, नेपाल प्रहरीका तीन जना, वीरगञ्ज कारागारका कैदीबन्दी छ जना, वीरगञ्ज कारागारकै कर्मचारी दुई जना, स्वास्थ्यकर्मी एक जना र पैसा तिरेर पीसीआर परीक्षण गराएकामध्ये एक जना गरी ३४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्