Logo

हङकङमा संक्रमित थपिएपछि अहिलेसम्मकै कडा नियम लागू



Spread the love

एजेन्सी। पछिल्लाे २४ घण्टामा हङकङमा एक सय छ जना काेराेना संक्रमित थपिएका छन्। काेराेनाभाइरस संक्रमण बढदै जान थालेपछि हङकङमा अहिलेसम्मकै कडा नियम लागू गरिएको हाे। नयाँ नियम अनुसार फरक परिवारका दुई जना व्यक्ति मात्रै भेट्न पाइने छ ।

त्यस्तै रेष्टुरेन्टमा बसेर खान नपाइने ‘टेक–अवे’ सिस्टम लागू गरिएको छ । सार्वजनिक स्थलमा मास्कको प्रयोग पनि अनिवार्य गरिएको छ । जिमखाना तथा ब्युटिपार्लरहरु भने पहिलेदेखि नै बन्द रहेका छन् ।

हङकङमा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ८५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्