Logo

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड



Spread the love

१४ साउन, काठमाडाै। सुनको मूल्य बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार प्रतितोला ९८ हजार ५ सय पुगेर सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्