
एजेन्सी । जापानमा एकैदिन ९८१ नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या जापानमा कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै रहेकाे जापानको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
यसअघि गत जुलाई २३ मा जापानमा ९६६ नयाँ संक्रमित भेटिएका थिए । जापानमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३२ हजार ६१३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्