Logo

सिरी ‘ए’ मा इम्मोबिले चम्कँदा लाजियो विजयी



Spread the love

एजेन्सी । लाजियोले इटालियन सिरी ‘ए’ मा ब्रेसियामाथि २–० को सहज जित निकालेको छ । लाजियोले घरेलु मैदानमा गएराति भएको खेलमा रेलिगेसनमा परिसकेको ब्रेसियामाथि सहज जित निकालेको हो ।

खेलको १७औं मिनेटमा सिरो इम्मोबाइलको पासमा जोआक्विन कोरेराले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। ८२औं मिनेटमा जोआक्विनको पासमा सिरोले गोल गर्दै लाजियोलाई २–० को सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्