Logo

प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना संक्रमण



Spread the love

१५ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएकाे छ । योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ ।

उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ९ जनामा संक्रमण देखिएको प्रहरीले जनाएकाे छ । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्