Logo

साउन महिनामा यी सामाग्री घरमा ल्याउँदा हुन्छ फलदायी!



Spread the love

श्रावण महिना भगवान शिवको विशेष पूजा आराधना हुने गरेको छ । यस महिनामा शिव भगवानलाई प्रसन्न पार्न सकिए मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । श्रावण महिनामा भगवान शिवको मन्दीर, नदी नालामा भक्तजनको उपस्थिति हुने गरेको छ । श्रावणलाई भगवान शिवसहित प्रकृतिको पूजाको रुपमा समेत लिने गरिएको छ । भगवान शिवकाे प्रिय महिनामा यि सामाग्री घरमा ल्याउँदा निक्कै शुभ दिन हुन्छ ।
चाँदीको वालाः चाँदीको चन्द्रमा साउन महिनामा चाँदीको चन्द्देव ल्याएर पुजा गर्दा चन्द्र ग्रह शान्ती हुन्छ र मन पनि बलियो हुन्छ ।
चाँदीको बिल्व पत्रः साउन महिनामा शिवलाई बिल्व पत्र चडाउँदा हामीले गरेका सबै पाप नाश भई घरको शुभ कार्यको संयोग बन्छ ।
त्रिशुलः त्रिशुल शिवको हातमा सधै हुन्छ यो देव र लोकको प्रतिक हो । साउनमा त्रीशुल खरिद गर्दा वर्ष भरी रक्षा हुन्छ ।
रुद्राक्षः असली रुद्राक्षलाई घरमा राख्दा तपाइँहरुको जीवनमा अत्यन्त शुभ र समृद्धि बढ्नेछ ।
डमरुः डमरु शिवको पवित्र बाद्य हो । यसको पवित्र ध्वनीबाट आसपासका समस्त नकरात्मक शक्ति हट्छ ।
चाँदीको नन्दीः साउन महिनामा नन्दी खरिद गरेर घरमा राख्नाले आर्थिक संकटबाट मुक्ति दिन्छ ।
जल पत्रः साउन महिनामा गंगा जल घरमा ल्याएर पुजा गर्दा धेरै राम्रो हुन्छ । यदि गंगको जल ल्याउन असम्भव भएमा पीपलको पातमा शुद्ध जल भरेर दिनहु शिवलाई अर्पित गर्दा धन प्राप्ती हुन्छ ।
सर्पः साउन महिनामा नाग–नागिन जोडीएको चाँदीको पत्ता घरमा राखेमा पिर्त दोषबाट राहत मिल्छ ।

प्रतिक्रिया दिनुहोस्