Logo

गुल्मी पहिरो अपडेट: १० महिने शिशु सहित एकै परिवारका चार जनाले घटनास्थल मै गुमाए ज्यान



Spread the love

१७ साउन, गुल्मी – पहिरोमा पुरिएर गुल्मीमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर पाँच आठिपाटाका एकै परिवारका चार जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय रिडिका प्रहरी नायव निरीक्षक शालिकराम थापाले सल्लेरी खबरलाई जानकारी दिएका छन् ।

ज्यान गुमाउनेहरुमा वर्ष ३० कि बिना माझी , उनका नौ वर्षीय छोरा सागर, सात वर्षीय छोरा हेमन्त र १० महिने शिशु बिनिताको ज्यान गएको हो । उनका श्रीमान भने वैदेशिक रोजगारीको लागि भारतमा रहेको बताइएको छ ।

शुक्रबार राती माथीबाट पहिरो खसी ढुङ्गाले घर पुरिदा ४ जना कै घटनास्थलमै ज्यान गएको हो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्