Logo

अहिलेसम्म कुन प्रदेश कति आइसोलेसनमा उपचाररत !



Spread the love

१७ साउन, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै बढेको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ७७ जिल्लामै संक्रमित भेटिएसंगै उच्च जोखिममा रहेको छ ।

यससँगै कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४ हजार ४९२ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन्। आज विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन्।
प्रदेश नम्बर १ – २ सय २५
प्रदेश नम्बर २ – २ हजार ६६
बागमती प्रदेश ३ – ५ सय ७५
गण्डकी प्रदेश ४- ३ सय १३
प्रदेश नम्बर ५ – ३ सय ८७
कर्णाली प्रदेशमा ६- २ सय ९७
सुदूरपश्चिम प्रदेश ७ – १ हजार ६ सय ७५

प्रतिक्रिया दिनुहोस्