Logo

चेल्सीलाई पराजित गर्दै आर्सनलले जित्यो एफए कपकाे उपाधि



Spread the love

एजेन्सी। स्ट्राइकर पिइरी इम्रिक औबामेयाङकाे दुई गोलमा आर्सनलले एफए कपको उपाधि जितेको छ । गएराति भएको उपाधि भिडन्तमा आर्सनलले चेल्सीलाई २–१ गोलले पराजित गर्‍यो ।

क्रिस्टियन पुलिसिकको गोलमा चेल्सीले पाँचौं मिनेटमै अग्रता बनायाे । तर, आर्सनलले २८ औं मिनेटमै पिइरीले पेनाल्टीमा बराबरी गोल फर्काएको थियो । ६८ औं मिनेटमा अबामेयाङले अर्को गोल थप्दै आर्सनलकाे जित पक्का गरेका थिए।

चेल्सीले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । मेटेउ कोभाचिचले ७३ औं मिनेटमा दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाडेका थिए ।

आर्सनलले सर्वाधिक १४औं पटक एफए कपको उपाधि जितेको हो । म्यानचेष्टर युनाइटेडले १२ र चेल्सीले ८ पटक एफए कप जितेको छ ।आर्सनलले आगामी सिजन दोस्रो डिभिजनको युरोपिन क्लब फुटबल प्रतियोगिता युरोपा लिग खेल्ने निश्चित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्