
एजेन्सी। इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले एटलान्टालाई हराउँदै दोस्रो स्थान पक्का गरेको छ । इन्टरले एटलान्टालाई उसकै मैदानमा २–० को जित निकालेको हो ।
शीर्षस्थानको युभेन्टससँग १ अंक दुरी राख्दै सिजनको अन्त्य गर्यो । इन्टरले ३८ खेलबाट ८२ अंक जोड्यो । तेस्रो स्थानमा चिक्त बुझाएको एटलान्टा ७८ अंकमा सीमित बन्यो ।

सिरी ‘ए’ को अर्काे अन्तिम खेलमा एसी मिलानले सानदार जित हात पारेकाे छ । घरेलु मैदानमा मिलानले काग्लिएरीमाथि ३–० को सानदानर जित निकालेको हो ।
खेलको १०औं मिनेटमा रग्नर क्लाभानको आत्मघाती गोलबाट मिलानले अग्रता बनायो । पेनाल्टीमा चुकेपनि इभ्राहिमोभिचले ५५औं मिनेटमा स्यामुइल क्यास्टेलेजोको पासमा गोल गर्दै मिलानको अग्रता दोब्बर बनाएका थिए ।त्यसको दुई मिनेटपछि नै क्यास्टेलेजोले जियाकोमो बोनाभेन्टुराको पासमा गोल गर्दै मिलानलाई ३–० को अग्रता दिलाए ।
जितसँगै मिलानले ३८ खेलबाट ६६ अंक जोडेर अर्काे सिजनको युरोपा लिगलाई स्थान पक्का गर्यो ।

मुख्य खेलाडीहरुलाई विश्राम दिएर सिरी ‘ए’ को अन्तिम खेल खेलेको च्याम्पियन युभेन्टस पराजित भएको छ । युभेन्टस घरेलु मैदानमा रोमासँग शुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ३–१ ले पराजित भएको हो ।