Logo

भारतमा २४ घन्टामा थपिए झन्डै ५५ हजार काेराेना संक्रमित



Spread the love

एजेन्सी। भारतमा पछिल्लो समय दैनिक जसाे ५० हजारभन्दा बढी मानिस संक्रमित भइरहेका छन्। पछिल्लो २४ घन्टामा भारतभर ५४ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ५३ जनाको मृत्यु भएको छ।

अहिलेसम्म १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३७ हजार ३ सय ६४ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएकाे छ। अहिलेसम्म ११ लाख ४५ हजार संक्रमित निको भएका छन्

प्रतिक्रिया दिनुहोस्