
एजेन्सी। कोरोनाभाइरसको संक्रमणबाट भारतको उत्तर प्रदेशकी मन्त्री कमला रानी वरूणको मृत्यु भएको छ। १८ जुलाईमा काेराेना संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि लखनऊस्थित एसजीजीआईमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार उनको निधन भएको भारतीय संञ्चारमाध्यमले जनाएकाे छ
कमला रानीले सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट जित हात पारेकी थिइन्। उक्त क्षेत्रमा चुनाव जित्ने उनी भारतीय जनता पार्टीकी पहिलो विधायक हुन्।
प्रतिक्रिया दिनुहोस्