Logo

अक्टोबरमा नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने तयारीमा रुस



Spread the love

एजेन्सी। रुसी सरकारले अक्टोबर महिनामा नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने योजना बनाइरहेको स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले जानकारी दिएका छन् । स्वास्थ्यमन्त्रीले भनेका छन्, ‘हामी अक्टोबरमा खोप अभियानको योजना बनाइरहेका छौं ।’

सबैभन्दा पहिले त डाक्टर र शिक्षकलाई कोरोना भ्याक्सिन दिइने रुसी मिडियाले जानकारी दिएको छ ।

रुसको सम्भावित कोरोना भ्याक्सिनलाई यो महिना नियामक निकायले मञ्जुरी दिनेछ । यद्यपि, तीब्र गतिमा कोरोना भ्याक्सिन बनाउने रुसको कोसिसको विषयमा धेरै विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्