Logo

‘रोमियो एण्ड मुना’को गीतमा बिकिनी गर्लसँग विनयको रोमान्स



Spread the love

फिल्म ‘रोमियो एण्ड मुना’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘स्यान्डवीच मी’ बोलको क्लब सङ सार्वजनिक गरियो । गीतको छायांकन अमेरिकामा गरिएको हो । अर्ल यूआरएल एडगरको स्वर र शब्द रहेको गीतमा बलिउड गायक गौरव डागोन्करले संगीत भरेका छन् ।

उनले कार्यक्रममा इन्ट्री नै दुई बिकिनी गर्लको साथमा गरेका थिए । केहि भिन्न गर्ने सोचका साथ चलचित्रको सार्बजनिक गीतको थिममा प्रस्तुत भएका नायकले बताए ।सार्बजनिक उक्त ‘स्याण्डविच सङ्ग’मा विनय हट अबतारमा प्रस्तुत भएका छन् । भिडियोलाई उज्जल सिंहले निर्देशन गरेका छन् ।नरेशकुमार केसी निर्देशित चलचित्रमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् भने प्रज्वल सुजल गिरी लिडमा साथ दिएका छन् ।फिल्मलाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/6AEkl5RElEA

प्रतिक्रिया दिनुहोस्