Logo

पञ्चेबाजाको ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक (भिडियो)



Spread the love

सौगात मल्ल स्टारर फिल्म ‘पञ्चेबाजा’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश लोक फ्लेवरको ‘घिन घिन मादल’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा सौगात र जस्मिन श्रेष्ठ फिचरिङ छन् । अञ्जु पन्त र डेविड शंकरको आवाज रहेको उक्त गीतमा प्रदीप भाद्वाजले शब्द र विकास चौधरीले संगीत दिएका हुन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।न्यू भेनस फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा सौगात,कर्मा र जस्मिनसँगै बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, देशभक्त खनाल, युवराज भण्डारी लगायतको अभिनय रहेको छ । चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ ।आउँदो फागुन ११ मा फिल्म रिलिज हुनेछ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/1yas8Yxnfdc

प्रतिक्रिया दिनुहोस्