Logo

कार्टुन क्रु र सबिन बिस्टमा आखिर कसले दिएको हो धोका ?(भिडियो सहित)



Spread the love

लोकप्रिय डान्स ग्रुप कार्टुन्ज क्रुले अब डान्सबाट ब्रेक लिने भएको छ । कार्टुन्ज क्रुले रमाईलो छ युटूब च्यानलसँग कुरा गर्दै यस्तो खुलासा गरेको हो । कार्टुन क्रु पछिल्लो समयमा  विभाजित भएर सबिन बिस्टको  र सरोज अधिकारीको समूहमा विभाजित भएको थियो  । उक्त्त समूह विभाजित भएसंगै सरोज अधिकारि र आश्मा विश्वोकर्माको समूहले कार्टुन क्रुलाईनै निरन्तरता दिए भने सबिनले भने सबिन बिस्ट नामक युटुब च्यानल मार्फत विभिन्न  सर्ट कमेडी भिडियो देखि कभर गितमा काम गर्न थाले  ।

टिम विभाजित भएसंगै बिभिन्न मिडियामा उनीहरुको मनमुटाबको खबर आउने गरेको थियो । पछिल्लो समयमा सबिन बिस्टको “भाइरल भैदियो” र कार्टुन क्रुको “दिलको भित्ता”मा नामक गित युटुबमा लगभग एकै साथ् सार्वाजनिक भयो र सबिनको भाइरल भैदियो गीत त सांचै भाइरलनै  भैदियो , सार्वजानिक भएको दिन देखिनै युटुबमा नेपालको १ नम्बर ट्रेन्डडिंगमा नै पर्यो   ।

कार्टुन क्रु र बिस्टको सम्बन्ध जस्तै उनीहरुको गितपनि चर्चामा रह्यो । रमाइलो छ नामक युटुब च्यानलमा  अन्तर्वार्ताका क्रममा कार्टुन क्रुले सबिन र आफ्नो सम्बन्धका  बारेमा केहि बोलेका छन् , पानि पर्यो असिना झर्यो नामक गितको कभर गित  सफल भएसंगै सबिनले आफ्नो समूह छाडेको र युटुब च्यानल समेत लिएर गएपछि आफुहरु केहि अन्योलमा परेको समेत बाताएका छन्   ।सबिनले समूह छाडेपछि केहि समय आफुहरु संग केहि  विकल्प  नरहेको र  आशानै गुमेको भनेर  सम्झीए कार्टुन क्रुका सरोजले तर उताभने सबिनले आफु अध्यनमा ब्यस्थ रहेकाले र साथिहरु आफै सक्ष्यम हुँदै गएकाले बाध्यताबस आफुले समूहबाट अलग्गिएको बताउछन् ।

भाईरल भैदियो भिडियो लिएर आएका सविन कार्कीबारे उनीहरु सकारात्मक छन् । सविन कार्कीको क्रियटिभीटिको सरोजले तारिफ गरे । पहिले एउटै ग्रुपमा रहेका उनीहरु बिचमा छुट्टिएका थिए । हाल सविन आफ्नै क्रु ल्याएर आएका छन् ।अन्र्तवार्तामा उनीहरुले भने अनुशार सविन कार्कीलाई उनीहरुले हटाएका होईनन् । सविन कार्कीले कार्टुन्ज क्रुलाई छाडेर गएका हुन् ।

हाल सविनले चलाइरहेको विष्ट अफिसियल युटूब च्यानल लिएर सविन कार्कि सम्पर्क विहिन भए । उनीहरुले एक वर्षसम्म सविनको बाटो पर्खिए । सविन आउँछन् कि भन्ने उनीरुको सोच थियो । त्यो बेलासम्म कार्टुन्ज क्रुको सबै जिम्मा सविनले लिन्थे । भिडियो डाइरेक्शन देखि छायांकन लगाएतका कुराहरुमा सविनकै भर थियो । सविन बाहेक अरुसँग निर्देशन र क्यामेरको अनुभव थिएन् । सरोजले कोरियोग्राफी मात्रै गर्थे । तर सविनले एक्कासी साथ छाडेपछि आफुहरु दुखी भएको क्रु बताउँछ । सविनले छाडेपछि उनीहरुमा हिम्मत मरिसकेको थियो ।

फेब्रुअरी पछि आफ्नो टिमले नयाँ भिडियो नगर्ने घोषणा गरिरहँदा टिमका मेम्बरहरु निकै भावुक बनेका थिए । टिमकी एक्ली सुन्दरी आश्माले आँखाभरी आँशु ल्याईन् । सरोजको पनि गहभरी आँशु भयो ।

हेर्नुहोस् भिडियो: ( रमाइलो छ युटूब च्यानलको अन्तर्वार्ता)

https://youtu.be/sxjNZOzfcKw

प्रतिक्रिया दिनुहोस्