
एजेन्सी । स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेका हुन् ।
८२ वार्षिय कार्लोसले ४० वर्षसम्म स्पेनमा राज गरेर गद्दी त्यागेका थिए । स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका उनले देश छाड्न लागेको स्पेनकै राजदरबारले जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस्