Logo

मोरङको एकै परिवारका १४ सहित २२ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

२० साउन, मोरङ। मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित २२ जना कोरोना संक्रमित भएका छन् ।

कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको नगरपालिका प्रमुख दिलिपकुमार अग्रवाले जानकारी दिएका छन् ।

एकैपटक २२ जनामा संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्को सूचना नआएसम्मका लागि सिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्