Logo

भारतमा थपिए ५२ हजारभन्दा बढी कोरोना संक्रमित



Spread the love

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५२ हजार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ सय ३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । भारतमा दैनिक रुपमा ५० हजारभन्दा बढीमा संक्रमण देखिएको यो पाँचौँ दिन हो ।

अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १८ लाख ३ हजार ६ सय ५ पुगेको छ भने कोरोनाबाट अहिलेसम ३८ हजार १ सय ३५ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १२ लाख निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्