Logo

बोर्ड बैठक बसेर एसईईको नतिजा सार्वजनिक गर्ने तयारी



Spread the love

२० साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन सम्बन्धी सबै तयारी पूरा गरेको छ।

बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुने परीक्षा नियन्त्रक रामराज खकुरेलले बोर्डलाई जानकारी गराए ।

कोरोनाका कारण परीक्षा स्थगित भएकोले योपटक सम्बन्धित स्कुलले नै आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीको नतिजा बोर्डमा पठाएका थिए। स्कुलले पठाएको नतिजालाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो।

बोर्डमा जानकारी गराएपनि कहिले बैठक बस्ने भन्ने निर्क्यौल भएको छैन।

प्रतिक्रिया दिनुहोस्