Logo

बहु-प्रतिक्षित ‘कृ’ ट्रेलर रिलिज



Spread the love

अनमोल के.सीको मुख्य भूमिका रहेको बर्षकै प्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर सार्बजनिक गरिएको छ । शुक्रबार(आज) काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । ट्रेलरमा अनमोलको रोमान्टिकसँगै एङ्ग्री अवतार देख्न सकिन्छ । फिल्मका लागि अनमोलले गरेको मिहिनेत ट्रेलरबाटै प्रष्ट हुन्छ । ट्रेलरमा युवा स्टार अनमोल केसी ‘फूलप्याक’ एक्सन अबतारमा प्रस्तुत छन् । लामो समयदेखि मिडियामाझ नदेखिएका अनमोलको पछिल्ला रिलिज सबैजसो फिल्ममा भन्दा विल्कुल नयाँ अबतार ‘कृ’ ट्रेलरमा प्रस्तुत छ । ‘सिक्स प्याक’ लुक्समा उनि कतै दुश्मनहरुसँग जुद्धै भेटिन्छन् त कहिँ अभिनेत्री अदिती बुढाथोकीसँगको प्रेममा ।

माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ‘कृ’ का लागि अनमोलले कडा मिहिनेत गरेका छन् । सिक्स प्याक बनाउनदेखि उनले आफ्नो कपाल र जुगाँ पनि निकै बढाएका  छन्  ।

अदितीले ट्रेलरबाट नै नेपाली फिल्ममा सम्भावनावान अभिनेत्रीको छनक दिएकी छिन् । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अनुपबिक्रम शाहि कामेश्वर चौरासिया,सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायत लिड रोलमा छन् ।

सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।

हेर्नुहोस् ट्रेलर:

https://youtu.be/aRoObj9rnn0

प्रतिक्रिया दिनुहोस्