Logo

नेपालमा आज १३० जना कोरोनामुक्त भई डिस्चार्ज भए



Spread the love

२१ साउन, काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १३० जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १५१५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा थप ३८१ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या २१३९० पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्