Logo

गण्डकी प्रदेशमा थपिए ११ जना कोरोना संक्रमित



Spread the love

२२ साउन, काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ५ सय ६६ पुगेको छ।

गोरखामा ६, पूर्वी नवलपरासीमा ३ तथा कास्की र पर्वतमा १–१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्