Logo

म्यानचेस्टर युनाइटेड र इन्टर युरोपा लिगको क्वाटरफाइनलमा



Spread the love

एजेन्सी । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र इन्टर मिलान क्वाटरफाइनलमा पुगेको छ ।

पहिको लेगमा युनाइटेडले ५–० को जित दर्ता गरेको थियो।

घरेलु मैदानमा युनाइटेडले लास्कमाथि २–१ को पूनरागमन जित निकाल्दै समग्रमा ७–१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । युनाइटेडको जितमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले गोल गरे । पाहुना टोलीका फिलिप वेइसिंगरले गरेको गोल सान्त्वना बन्यो ।

युरोपा लिगकै अर्को खेलमा इन्टर मिलानले गेटाफेलाई २–० ले पराजित गरेको छ । इन्टर मिलानका लागि लुकाकुले ३३ औं मिनेटमा सुरुवाती गोल गरे। ८३ औं मिनेटमा इरेक्सनले गरेको गोल नै मिलानलाई जितका लागि पर्याप्त बन्यो ।

प्रतिक्रिया दिनुहोस्