
एजेन्सी । लेबनानको बेरुतमा भएको ठूलो विष्फोटनको अनुसन्धानका लागि राजधानी शहरको बन्दरगाहका केही अधिकारीहरूलाई नजरबन्दमा राखिएको छ ।
मंगलबार भएको विष्फोटनमा कम्तीमा १ सयल ३५ जनाको ज्यान गएकोले सरकारले उनीहरूलाई नजरबन्दमा राखेको हो । घाइतेको संख्या चार हजारभन्दा बढी छ ।
लेबनानका प्रधानमन्त्री हासान डीयाबले यस विष्फोटलाई देशको ठूलो विपत्ति भनेका छन् । उनले एक टेलिभिजनमा सम्बोधन गर्दै घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्