Logo

भारतमा एकैदिन ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि



Spread the love

एजेन्सी। भारतमा पछिल्ला १५ दिनमा कोरोना भाइरसको संक्रमण दर उच्च गतिमा बढिरहेको छ । संक्रमणका हिसाबले भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो ।

पछिल्लो २४ घण्टामा भारतमा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पाइएको छ भने ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५६ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ४ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्