Logo

एसईईको नतिजा प्रकाशन केही दिनका लागि लम्बियो



Spread the love

२२ साउन, काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा केही दिन ढिलो सार्वजनिक गर्ने जनाएको छ । कोरोनाको कारण नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने बोर्डले जनाएको छ ।

विद्यार्थीले प्राप्त अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भइसकेको र प्राविधिक त्रुटि पुनः परीक्षण भइरहेको जनाइएको छ ।

यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने गरिने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्